भर्खरै : Sorry, your browser does not support inline SVG.

सारा दुनियाँलाई स-प्रमाण बुझाउन सक्छाैं लिम्पियाधुरा हाम्राे हाे

सारा दुनियाँलाई स-प्रमाण बुझाउन सक्छाैं लिम्पियाधुरा हाम्राे हाे

कविता
न सडक मेरो भो
न त सदन मेरो भो
अब भन्नुस्, नेता ज्यू
मेरो भोटको के कदर भो !

भारतीय विस्तावादले
मेरो देशको लिम्पियाधुरा कब्जा गरेपछी
न माटो स्वतन्त्र रह्यो
न त स्वाभिमान जिउदो
अब भन्नुस्, माननीय ज्यू
हाम्रो भोकको के कदर भो !
हाम्रो जोतको के कदर भो !

हाम्रै हो लिपुलेक अनि
हाम्रै हो कालापानी
सारा दुनियाँलाई स-प्रमाण बुझाउन सक्छौ
हो ! हाम्रै हो लिम्पियाधुरा फासिवादी लाछिहरू हो
आलै छ हाम्रा पुर्खाको रगत
ताजै छ हाम्रा पू्र्खाको पसिनाको गन्ध
त्यस्तै परे रणभुमी मै ढलाउन सक्छौ

कसैले मानोस् या नमानोस्
विस्तारवादी मोदी सरकारले मान्नै पर्छ

मेरा पुर्खाको बलिदानीको उपज हो लिम्पियाधुरा
मेरा पुर्खाको पसिनाको नदि हो सिमाना
खयर !
राष्ट्रवादी भनाउदो आफ्नै सरकार केही नबोलेपछी
न रगतको मूल्य रह्यो
न त पसिनाको महत्व
अब त बोल्नुस महामहिम कमरेड ज्यू
आफ्नै देशको नक्सा सार्वजनिक गर्न
के को डर भो !

“धेरै धेरै सुत्याैं हामी थाङ्नाेमा, अब सुत्ने बेला छैन ।
धेरै धेरै अाँशु बगे विरहमा, अब रूने बेला छैन ।”

रणबहादुर राणा, कालिकाेट

त्यसैले
हर एक देशभक्त कहन्छ
आउ यो हृदयमा नियाल
‘अतिक्रमित भुमी होईन बरु
रणभुमी स्विकार छ हर एक नेपालीलाई’
रगतको बलिदानी स्वीकार छ
हर एक नेपालीलाई ~ भलै
बम-बारुद-गोला हान्लान विस्तारवादीहरु
हाम्रो नाङ्गो खुकुरी काफी छ तिनिहरुलाई
देशभक्त एक नेपाली काफी छ विस्तारवादी लाछीहरूलाई ।

 


Thali Mobile Pvt.Ltd.