भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सन्तोषीको दौडले नेपाललाई स्वर्ण, दर्शक चकित

सन्तोषीको दौडले नेपाललाई स्वर्ण, दर्शक चकित

काठमाडौं । नेपाली एथलेटिक्सले नयाँ इतिहास रचेको छ। १३औं दक्षिण एसियाली खेलकुद साग को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जितेपछि सन्तोषी श्रेष्ठ पहिलो नेपाली महिला बन्न पुगिन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितेकी हुन् ।

उनले स्वर्ण जित्दा दशरथ रंगशालामा उपस्थित दर्शक मात्रै उत्साहित भएनन् सारा नेपाली खुशीले गदगद भए । दौडको सुरुदेखि नै सन्तोषीले प्रतिद्वन्द्वीलाई पछाडि पारिरहिन्। १० हजार मिटर दूरी पूरा गर्न दौडका सहभागीले रंगशालामा बिछ्याइएको ट्र्याक पछ्याउँदै २५ चक्कर लगाए। आफ्नै गतिमा दौडिएकी सन्तोषीले अन्तिम समयसम्म प्रतिद्वन्द्वीलाई उछिन्ने अवसर दिइनन्।

दक्षिण एसियाली एथलेटिक्समा दबदबा कायम राखेका भारत र श्रीलंकाका धावकले आफ्नो गति बढाएर सन्तोषीलाई उछिन्ने प्रयास गरेपनि उनीहरुको त्यो प्रयास निरर्थक सावित भयो। प्रतिद्वन्द्वीको चलाखी बुझेकी सन्तोषीले अन्तिम समयमा जम्प गर्दै आफ्नो लक्ष्य पूरा गरिन्। सन्तोषीले निर्धारित दुरी पूरा गर्न ३५ मिनेट ०७ सेकेन्ड समय खर्चिन पर्यो।

 


Thali Mobile Pvt.Ltd.