भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सप्तकोशी पानीजहाज बन्द, सुरक्षा खै ?

सप्तकोशी पानीजहाज बन्द, सुरक्षा खै ?

सुनसरी । सुनसरीस्थित सप्तकोशी नदीको चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बन्द भएको छ । दुई वर्षदेखि व्यावसायिकरुपमा सञ्चालन हुँदै आएका सात पानीजहाज असुरक्षाका कारण बुधबारदेखि बन्द भएका हुन् ।

कमिशन, बिना टिकट यात्रा, अनाधिकृत बुकिङलगायतक धम्की दिदै जहाज सञ्चालनमा स्थानीयले अवरोध सिर्जना गरेपछि पानी जहाज बन्द गर्नुपरेको सञ्चालकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । स्थानीय सरकारले शान्ति सुरक्षाको प्रत्याभूति नदिएसम्म सेवा बन्द गर्ने सञ्चालकले बताएका छन् ।

जेटबोट (पानीजहाज)मा करोडौँको लगानी डुब्ने भन्दै यसबाट पर्यटन प्रवद्र्धनमा क्षेती पुग्ने र स्थानीयलाई आवागमनमा समेत असहज पैदा हुने जनाईएको छ ।

सप्तकोशीमा नदीमा सञ्चालन हुँदै आएको पानी जहाजमा एक यात्रु बराबर पाँच लाखको दुर्घटना बीमा रहेको भन्दै सञ्चालक राजेन्द्र कार्कीले पानीजहाजबाट सुनसरी चतराबाट भोजपुर सीमाना सिम्मेसम्मको सेवामा अबरोध हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.