भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कराते विभाजनको संघारमा

कराते विभाजनको संघारमा

काठमाडौं । खेलकुद क्षेत्रको सफल खेल तथा नतिजाको आधारमा पनि परिचित खेल मध्येको एक खेल कराते पुनः विभाजनको संघारमा पुगेको छ । केही समय अगाडि मात्र विभाजित रुपमा रहेको राष्ट्रिय मान्यता प्राप्त र अन्तराष्ट्रिय मान्यता प्राप्त कराते महासंघलाई एकीकृत गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य शम्भु प्रसाद आचार्यको अध्यक्षतामा समिति पुनर्गठन गरि नेपाल कराते महासंघ गठन गरिएको थियोे । सोही महासंघको नेतृत्वतामा तेह्रौ सागमा कराते खेलबाट १० स्वर्ण दिलाउन समेत सफल भएको महासंघले दावी गरेको थियो ।

एकता भई संचालनमा आएको केही समय नवित्दै कराते महासंघ पुन विवादित भएको पदाधिकारीले बताएका छन् । विवाद उत्पन्न हुनुको मुख्य कारण मकवानपुरको हेटौंडामा हुने भनिएको टेक्निकल सेमिनार बनेको छ । प्रशिक्षकलाई काज सम्बन्धमा तालिम तथा प्रशिक्षण विभागबाट अर्जुन बहादुर विक हस्ताक्षरित पत्र यतिबेला विवादित बनेको हो ।

पत्र बमोजिम नेपाल सितोरियो करातेका सम्पूर्ण प्रशिक्षकहरुलाई उक्त टेक्निकल सेमिनारमा सहभागी हुनु भनिएको थियो । २०७३ सालमा तत्कालीन परिषद्का सदस्य एवम् कार्यबाहक सदस्य सचिव सुरेन्द्र हमालले ३ महिना भित्र निर्वाचन गर्न निर्देशन दिए बमोजिम उक्त अवधिमा चुनाव नगराएको र उक्त संघको सम्पूर्ण भेला कार्यक्रम अवैधानिक रहेकोले कसरी यस्तो पत्राचार गरियो भन्नेमा अन्योलमा परेको प्रशिक्षकले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.