सर्लाही । सशस्त्र प्रहरी बल नेपाल सङ्ग्रामपुर बि ओ पि भवनको उद्घाटन भएको छ । भवनको सशस्त्र प्रहरी बल नेपाल २ नं छिन्नमस्ता बाहिनीका बाहिनी पति राजु अर्यालले उद्घाटन गरेका हुन ।
बि ओ पि सङ्ग्रामपुरको भवन समुद्घाटन समारोहमा प्रमुख अतिथी समेत रहेका बाहिनीपति राजु अर्यालले कोरोना भाइसरको संक्रमण त्रास संसारमा फैलिरहेकाले सचेत रहन आग्रग गर्दै विश्व स्वास्थ्य संगठनले समेत नेपाल अति उच्च जोखिममा रहेको भनेकाले पनि उच्च सजकता अपनाउनु पर्ने बताए ।
सीमावर्ती क्षेत्रमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) भवनमा उद्घाटन भएसंगै स्थानीय वासिन्दाले उपलब्ध गराएको व्यक्तिगत घर टहरामा बस्नुकाे वाध्यता हटेको छ । नवनिर्मित बिओपी भवनको उद्घाटन गर्दै डिआईजी अर्यालले सशस्त्र प्रहरी आफ्नो कर्तव्य निर्वाह गर्न ईमान्दारिताका साथ लागि परेको बताए ।
सर्लाहीका सशस्त्र प्रहरी प्रमुख (एसपी) विनोदराज श्रेष्ठ, प्रदेशसभा सदस्य रवीन्द्र बैठा, हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम राय, पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव राय, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतको उपस्थिति रहेको समारोहमा बिओपी राख्न घरटहरा प्रदान गर्ने शम्भु मण्डल, राजदेव मण्डल, अरुण मण्डललाई सम्मान गरिएको थियो ।
त्यस्तै नयाँ भवन बनाउन सहयोग गर्ने सुरेश राउत र नागेश्वर रायलाई कदर पत्र प्रदान गरिएको थियो । उल्यख्य सहभागिता रहेको बि ओ पि भवन उद्घाटन समारोहमा । खुला सीमा नाकाबाट हुने चोरी निकासी नियन्त्रण, राजस्व सङ्कलन लगायतका विषयमा चिन्ता व्यक्त गरिएको थियाे ।
खुल्ला सीमा नाकाबाट हुने अबैध चोरी निकासी, पैठारी बरामदीमा गत आ.ब.को भन्दा यो आ.ब.को आठ महिनामा तिनगुणा भन्सार कार्यालयमा दाखिला गरेको जानकारी सशस्त्र प्रहरी बलका इन्सपेक्टर जयबहादुर दथेपुथेले बताए ।

