भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

१२ वर्षीय दाईको कुटाईबाट डेढ वर्षका भाईको मृत्यु

१२ वर्षीय दाईको कुटाईबाट डेढ वर्षका भाईको मृत्यु

धनगढी । सुन्दै आश्र्चयलाग्ने र दुखद घटना कैलालीमा भएको छ । चुरे गाउँपालिका वडा न. ४ मा एक १२ वर्षीय बालकले आफ्नै डेढ वर्षका भाईलाई कुट्दा मृत्यु भएको प्रहरीले बताएको छ।

हात र लठ्ठीले कुटपीट गर्दा गम्भिर घाईते भएका डेढ वर्षका बालकको अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आमा घाँस, दाउरा लिन जंगल गएका बेला भाईमाथि आक्रमण गरेको प्रहरीका अनुसार बताएको छ । मृतक सौतेला भाई भएको र मृतकका बुबा रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ।
घटनालगतै प्रहरीले हत्या गर्ने बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालको ।

 


Thali Mobile Pvt.Ltd.