सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु image

इनरुवा । सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नंको सिटी सफारी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो । सिटी र चालक धरान–११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यसैगरी बराहक्षेत्र–७ बत्तीस आरडीस्थित सुनसरी–मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा ९हिमाल०को निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए ।नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दीप प्रज्ज्वलन

आइतबार पोखरामा विमान दुर्घटनामा परी निधन भएकाको सम्झानमा सोमबार साँझ सुनसरी सदरमुकाम इनरुवा दीप प्रज्ज्वलन गरिएको छ । सुनसरी सदमुकाम इनरुवा–१ स्थित लोकतान्त्रिक चोकमा समाज कल्याण युवा क्लबको अगुवाइमा दीप प्रज्ज्वलन गरिएको हो ।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा भगवान्ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने उद्देश्यले दीप प्रज्ज्वलन गरेको हो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह, चन्दन यादव, विवेक साहलगायतको सहभागिता थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • अर्ग्यानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान image

    अर्ग्यानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

    भोजपुर । भोजपुरका किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त...

  • व्यक्तिगत लगानीमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध image

    व्यक्तिगत लगानीमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध

    काठमाडौं । इन्टरनेट सेवा वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा निःशुल्क उपलब्ध भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडा अध्यक्ष शेर्पाले व्यक्तिगत लगानीमा उक्त सेवा उपलब्ध गराएका हुन...

  • तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव image

    तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

    धनकुटा । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको...

  • चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक image

    चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

    सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै...


hotelghyampedanda