भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

‘स्वस्थकर पानी छैन दिल्लीमा………पूरा पढ्नुहाेस.‘

‘स्वस्थकर पानी छैन दिल्लीमा………पूरा पढ्नुहाेस.‘
काठमाडौं, मंसिर १ । भारतको राजधानी नयाँदिल्लीमा हावासँगै पानी पनि प्रदुषित बनेकाे छ । ब्युरो अफ स्टान्डर्डस (बीआईएस) भारतकाे सरकारी निकायले गरेको परीक्षणमा दिल्लीको पानी पिउन याेग्य नभएको निष्कर्ष निकालिएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीको ११ स्थानबाट पानीको नमूना संकलन गरिएको र ती सबैमा नकारात्मक नतिजा आएको भारतीय जानकारी दिए ।

जी न्यूज लेख्छ, ‘आश्चर्यको कुरा त यो छ कि दिल्लीका बुराडी, कृषि भवन, अशोक नगर, नन्द नगरी, जनता बिहारदेखि लिएर १२ जनपथ अर्थात् स्वयम् उपभोक्ता मामला, खाद्य र सार्वजनिक वितरण मामिला मन्त्री रामविलास पासवानको सरकारी आवासको पानी सबैभन्दा दूषित पाइएको छ ।’

केन्द्रीय मन्त्री पासवानले धारामार्फत् वितरण गरिएको दिल्लीको पानी परीक्षण गर्दा खराब नतिजा आएको जानकारी दिए ।  यो समस्या समाधानका लागि तत्कार दिल्ली सरकार दिल्ली जल बोर्डको बैठक बोलाउने पनि उनले बताएको हिन्दुस्तान डटकमले लेखेको छ ।
बीआईसीले २१ ठूला शहरको पानी परीक्षण रिपोर्ट सार्वजनिक गरेको छ । यो रिपोर्टमा दिल्लीको पानी सबैभन्दा खराब र पन्जाबको सबैभन्दा सुरक्षित देखिएको छ । सरकारले वितरण गरेको पानीको नमूना परीक्षण गर्दा दिल्लीको सबै नमूना फेल भएको र पन्जाबको सबै नमूना पास भएको समाचारमा उल्लेख गरिएकाे छ ।

बीआईएसले हालै गरेको परीक्षणमध्ये चण्डीगढ, गान्धीनगर, पटना, बैंगलोर, जम्मु, लखनउ, चेन्नाई र देहरादुनको ट्युबेलको पानी सबैभन्दा दुषित पाइएको उल्लेख छ । हैदरावाद, भुवनेश्वर र राँचीमा १० नमूनामध्ये एउटामात्र फेल भयो । रायपुरका पाँच नमूना परीक्षणमा नकारात्मक नतिजा आयो । सिमलामा ६ र दिल्लीमा ११ मध्ये सबै ११ नमूना फेल भयो ।

अहिले भारतभर तीन चरणमा पानीको शुद्धता जाँच्ने प्रक्रिया चलिरहेको छ । १९ मानक राखेर पानीको शुद्धता जाँचिदैछ ।पहिलो चरणमा राज्यको राजधानीमा पानी परीक्षण गर्ने, दोस्रोमा १५ जनवरीसम्म १ सय स्मार्ट शहरको रिपोर्ट सार्वजनिक गर्ने र तेस्रोमा १५ अगष्टभित्र देशका सबै जिल्लाको रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले सन् २०२४ भित्र भारतका सबै घरमा पानी पुर्‍याउने लक्ष्य राखेको छ ।दिल्लीको वायुको प्रदूषणमात्रा पनि निकै बढेको छ । केही समयअघि त्यहाँको प्रदेश सरकारले सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.