भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

फेरी अर्को सीमास्तम्भ गायब

फेरी अर्को सीमास्तम्भ गायब

कञ्चनपुर । पुनर्वास नगरपालिका–९ बीचफाँटाको १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि भारतीय पक्षले गायब पारेका छन्। दुधुवा नेसनल पार्कनजिकैको प्याराताल कब्जामा लिने नियतले भारतले सीमास्तम्भमा खेलबाड गरेको स्थानीयले बताएका छन्।

दुई लाख ५० हजार वर्ग मिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन अतिक्रमण गर्न ‘भारतीयले १९५ नम्बर पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए।

प्यारातालमा माछा मार्न पहिले जिल्ला विकास समिति कञ्चनपुरले ठेक्कामा दिँदै आए पनि पछिल्लो समय भारतीय सीमा सुरक्षाकर्मीले सो क्षेत्र ‘भारतीय भूमि’ रहेको दाबीसहित ठेक्का लगाउन रोक लगाउँदै आएका छन्। प्यारातालभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ १९५ र १९६ नम्बरको सीमास्तम्भ रहेको बताउँदै जैसीले भने, ‘सीमादेखि वरै नेपालतर्फ रहेको प्याराताल कसरी भारतले आफूहरूको भनिरहेको छ । हामी आश्चर्यमा परेका छौं।’

१९५ र १९६ नम्बरका सीमास्तम्भ अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेकाले ती दुवै पिलर गायब गर्नेबित्तिकै पिलर नम्बर १९४ बाट पिलर नम्बर १९७ मा नक्सा कोर्दा प्याराताललगायत करिब दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले ती सीमास्तम्भमा भारतीयहरूको नजर लागेको स्थानीय दीपेन्द्र बस्नेतले बताए।

गर अली, महेन्द्र श्रेष्ठको पनि जिम्मेवारी यथावत रहेको बालुवाटार स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.