भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फेरी अर्को सीमास्तम्भ गायब

फेरी अर्को सीमास्तम्भ गायब

कञ्चनपुर । पुनर्वास नगरपालिका–९ बीचफाँटाको १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि भारतीय पक्षले गायब पारेका छन्। दुधुवा नेसनल पार्कनजिकैको प्याराताल कब्जामा लिने नियतले भारतले सीमास्तम्भमा खेलबाड गरेको स्थानीयले बताएका छन्।

दुई लाख ५० हजार वर्ग मिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन अतिक्रमण गर्न ‘भारतीयले १९५ नम्बर पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए।

प्यारातालमा माछा मार्न पहिले जिल्ला विकास समिति कञ्चनपुरले ठेक्कामा दिँदै आए पनि पछिल्लो समय भारतीय सीमा सुरक्षाकर्मीले सो क्षेत्र ‘भारतीय भूमि’ रहेको दाबीसहित ठेक्का लगाउन रोक लगाउँदै आएका छन्। प्यारातालभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ १९५ र १९६ नम्बरको सीमास्तम्भ रहेको बताउँदै जैसीले भने, ‘सीमादेखि वरै नेपालतर्फ रहेको प्याराताल कसरी भारतले आफूहरूको भनिरहेको छ । हामी आश्चर्यमा परेका छौं।’

१९५ र १९६ नम्बरका सीमास्तम्भ अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेकाले ती दुवै पिलर गायब गर्नेबित्तिकै पिलर नम्बर १९४ बाट पिलर नम्बर १९७ मा नक्सा कोर्दा प्याराताललगायत करिब दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले ती सीमास्तम्भमा भारतीयहरूको नजर लागेको स्थानीय दीपेन्द्र बस्नेतले बताए।

गर अली, महेन्द्र श्रेष्ठको पनि जिम्मेवारी यथावत रहेको बालुवाटार स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.