भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सीमा अतिक्रमण विरूद्व ८० देशमा रहेका भारतीय दुतावासमा ज्ञापनपत्र बुझाइने

सीमा अतिक्रमण विरूद्व ८० देशमा रहेका भारतीय दुतावासमा ज्ञापनपत्र बुझाइने

काठमाडौँ । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले हालै सार्वजनिक गरेको नक्साको विरुद्ध विश्वभरका गैरआवासीय नेपालीले विरोध गरेका छन् ।

नेपाल सरकारले सीमा अतिक्रमणविरुद्ध प्रभावकारी कूटनीतिक पहल नगरेको गुनासो गर्दै विश्वभरका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका हुन् । विश्वभरका नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले संस्थागत रूपमै भारतको उक्त कदमको कडा विरोध गरेको छ ।

भारतीले गरेको सीमा अतिक्रमणविरुद्ध उभिएको एनआरएनले आफू मातहतका ‘राष्ट्रिय समन्वय परिषद्’लाई भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन परिपत्र समेत जारी गरिसकेको छ । सीमा अतिक्रमणबारे भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद्लाई परिपत्र जारी गरिसकिएको एनआरएनका महासचिव डा.हेमराज शर्माले जानकारी दिए ।

७० लाख गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दैएनआरएनको हाल ८० बढी देशमा राष्ट्रिय समन्वय परिषद् रहेका छन् ।सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले सोही देशमा रहेको भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइने गरी परिपत्र जारी गरिएको डा। शर्मा बताए।

 


Thali Mobile Pvt.Ltd.