भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

चीनमा संक्रमण घट्यो, १०३ देशमा फैलियो कोरोना

चीनमा संक्रमण घट्यो, १०३ देशमा फैलियो कोरोना

काठमाडौं । कोरोना भाइरसको संक्रमण १ सय तीन देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। चीनमा संक्रमितको संख्या घट्दै गएको छ भने इरान र इटालीमा तीब्ररुपमा फैलिदै गएको छ । इटालीमा ५ हजार ८ सय ८३ जनामा सक्रमण भेटिएको छ भने शनिबार मात्रै थप ३६ जनाको मृत्यु भएको छ ।

इरानमा १४५ जनाको ज्यान गएको छ भने ५ हजार ८ सय २३ जनामा संक्रमण देखिएको छ। दक्षिण कोरियामा ५० जनाको ज्यान गएको छ भने सात हजार १ सय २४ जनामा संक्रमण फैलिएको छ । फ्रान्स जर्मनी, स्पेन, बेलायत बेल्जियममा पनि यसको संक्रमण तीब्र रुपमा फैलिरेहको छ ।

जापानमा यसको संक्रमणबाट ६ जनाको ज्यान गएको छ भने अमेरिकामा १९ जनाले ज्यान गुमाएका छन्। हालसम्म विश्वभरबाट सक्रमित हुनेको संख्या १ लाख ६ हजार १ सय ९१ पुगेका छ भने मृत्यु हुनेको संख्या ३ हजार ६ सय रहेको छ ।

चीनमा अहिले सम्म मृत्यु हुनेको संख्या ३ हजार ९७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। ८० हजार ६ सय ९६ जनामा यसको संक्रमण रहेको र ५७ हजार ८३ जना संक्रमितको उपचार भएको चिनियाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पनि एक जनामा कोरोनाको संक्रमण भेटिएको तर उपचारपछि निको भएर घर फर्किएको जनाईएको छ । कोरोनाको संक्रमण तीब्र रुपमा फैलिदै गएपछि नेपालले भने ठूला सभा सम्मेलन नगर्न, भीडभाडमा नजान आम नागरिकलाई सर्तक गराएको छ।

 


Thali Mobile Pvt.Ltd.