भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अनलाइन जुवाको अखाडाबाट २३ भारतीय नागरिक पक्राउ

अनलाइन जुवाको अखाडाबाट २३ भारतीय नागरिक पक्राउ

काठमाडौँ । अनलाइन जुवा खेलाउने अखडामा प्रहरीले छापा मारेको छ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा अनलाइन जुवा खेलाउने अड्डामा छापा मारी २३ जना प्रक्राउन गरेको छ ।

उक्त अखाडाबाट प्रहरीले २३ जना भारतीय नागरिक पक्राउ परेको जनाएको छ । उनीहरूको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

अहिले अनुसन्धानकै क्रममा रहेको र डिभाइस परीक्षण हुन बाँकी भएको प्रहरीले जनाएको छ । उनीहरूमाथि सट्टेबाजी कसुरमा म्याद थपको तयारी गरिएको छ।

बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको पाइएको छ।

 


Thali Mobile Pvt.Ltd.