भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त

अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त

काठमाण्डौ । अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि फ्रेन्डस् युथ क्लब सीवाईसी अत्तरियाले उचालेको छ । डडेल्धुरालाई हराउँदै अत्तरियाले ३४ रनले हराएको हो ।

डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन र कुशल भुर्तेलले २० बनाए । अत्तरियाका शाहब आलमले तीन विकेट लिए । यस्तै दिपेश कँडेल, कमल गुप्ता र विवेक यादवले समान दुई विकेट लिए ।

अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा अलआउट भयो । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले नौ विकेट गुमाएर एक सय १८ रन बनायो ।

अत्तरियाका लागि रशिद खानले अविजित ३१ रन बनाए । यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २० रन बनाए । धनगढीका अभिषेक गौतमले चार विकेट लिए । यस्तै कुशल भुर्तेल र अजय चौहानले समान एक विकेट लिए ।

प्रतियोगिताको विजेता अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.