काठमाण्डौ । अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि फ्रेन्डस् युथ क्लब सीवाईसी अत्तरियाले उचालेको छ । डडेल्धुरालाई हराउँदै अत्तरियाले ३४ रनले हराएको हो ।
डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन र कुशल भुर्तेलले २० बनाए । अत्तरियाका शाहब आलमले तीन विकेट लिए । यस्तै दिपेश कँडेल, कमल गुप्ता र विवेक यादवले समान दुई विकेट लिए ।
अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा अलआउट भयो । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले नौ विकेट गुमाएर एक सय १८ रन बनायो ।
अत्तरियाका लागि रशिद खानले अविजित ३१ रन बनाए । यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २० रन बनाए । धनगढीका अभिषेक गौतमले चार विकेट लिए । यस्तै कुशल भुर्तेल र अजय चौहानले समान एक विकेट लिए ।
प्रतियोगिताको विजेता अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । यसपटक १३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, २० रजत र ३७ कास्य सहीत ९४ पदक जित्दै...
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता – २०८१ को छनोट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर...
भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर जिल्लाव्यापी कार्टुन प्रतियोगिताको पुरस्कार र प्रमाणपत्र वितरण कार्यक्रम सोमबार...
काठमाण्डौ । पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ । बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली अखिल नेपाल कबड्डी सङ्घले घोषणा गरेको हो । टोलीमा नेपाल...