३ जना बालबालिका धनुषामा मृत भेटिए

३ जना बालबालिका धनुषामा मृत भेटिए

काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन ।

सुशील साहका ६ वर्षीय छोरा आदित्य, छोरीहरू ४ वर्षीया आकृति र २ वर्षीया आरुसी मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३० वर्षीया आमा पविता साहको अवस्था गम्भीर रहेको र उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.