भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत

युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत

एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् ।

रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा हेरेको र युक्रेनका प्रतिनिधिहरूले पनि त्यस्तै महसूस गर्ने आशा गरेको सोमवार रुसी सरकारी टिभीसँग कुरा गर्दै राष्ट्रपति पुटिनले उक्त कुरा बताएका हुन ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण–स्तरीय आक्रमण शुरू गरेपछिका शुरुआती हप्तादेखि दुई पक्षबीच प्रत्यक्ष वार्ता भएको छैन । यस हप्ताको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्तिवार्तामा कुनै प्रगति नभएमा अमेरिका मध्यस्थताबाट बाहिरिने धम्की दिनुभएको थियो ।

ट्रम्पको यो धम्कीपछि अमेरिका, युरोपेली र युक्रेनी अधिकारीहरू यस हप्ता लन्डनमा भेट्ने तयारीमा छन् । पत्रकारहरूसँग कुरा गर्दै पुटिनले नागरिक पूर्वाधारविरुद्धको आक्रमण रोक्ने विषयमा युक्रेनसँग सीधै छलफल गर्न सम्भव हुनसक्ने उल्लेख गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनको टिप्पणीको प्रत्यक्ष प्रतिक्रिया नदिएको तर नागरिकको सुरक्षा सुनिश्चित गर्ने कुनै पनि वार्ताका लागि तयार रहेको बताएको खबरमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.