उपनिर्वाचनको माहोल तात्तिदै गएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा दलहरु मतदाता केन्द्रीत भएका छन् । निर्वाचनमा होमिएका बेला उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर जनता माझ गैरहेका छन् । तर जनताले चुनावी घोषणापत्र कागजमा मात्रै सितित भएको र नेताका भाषण खोक्रा आडम्वरका पोको मात्र भएको आरोप लगाएका छन् । यहि बीचमा भक्तपुर जिल्लाको निवार्चन क्षेत्र नं. १ मा के भैरहेको छ त ? आज हामीले भक्तपुर निर्वाचन क्षेत्र न १ का प्रदेश सभा उम्मेद्धवार नेकपा (नेकपा)का डि.पी. ढकालसंग कुराकानी गरेका छाैं ।
आरामै हुनुहुन्छ ?
सन्चै छु ।
निर्वाचनको माहोल छ, तयारी कस्तो गरिरहनु भएको ?
जनताको माझमा तिब्रताका साथ गैरहेको छु । निर्वाचनका कार्यक्रम मै व्यस्त छु।
आश्वासन मात्रै लिएर आउछन्, भनेर जनता भन्दै छन् । आश्वासन मात्रै लिनु भयो कि विश्वास पनि दिलाउनु भयाे ?
आश्वासन दिएका छैनौं । केहि प्रतिवद्धता जनाएका छौं । विकास भनेको के हो भन्दा भौतिक विकासको कुरा एका तिर छ मानवीय विकासको कुरा अर्को तिर छ । सडकको स्तरउन्नति, कालोपत्रे बनाउने कुरा, ड्रेनको व्यवस्थापन गर्ने कुरा यी भौतिक पूर्वाधारको विकास गर्ने कुरा नै छ । साथै चाँगुनारायणको स्मार्टसिटी बनाउने एजेण्डा लिएर जनतामाझ गैरहेकोे छु । आश्वासन भन्दा पनि नेकपाले चुनाव जितिसकेको छ । नेकपा विकासको सम्वाहक शक्ति हो ।
नगरकोटको बाटो ६ वर्ष वितिसक्यो किन बनेन ? जनताको यो आवाजलाई कसरी लिनु हुन्छ ?
समय मै सकिनु पथ्र्यो सकिएन । त्यसको शुरुदेखिको पहलकर्ताको हैसियतले म अत्यन्तै दुखि छु । यसमा केहि जटिल्ता छ । मुख्य ठेकेदार ईन्डीयन हुने त्यसको सहायक ठेकेदार मात्र नेपाली हुने भएकाले एक्जीट बैंकबाट लोन लिएका सडकको टाईम्ली निकासा नहुने हुनाले यस्तो भएको हो । अब यो बाटोको पूर्णताका लागि मेरो पहलकद्मी हुने छ ।
जनताका घर दैलोमा पुग्दा जनताका पीडा केपाउनु भयो ?
जनता आफु बसेको वरिपरि भौतिक विकास होस भन्ने चाहँन्छन् । राम्रो बाटो होस । छोराछोरीले राजगारी पाउन, स्वास्थ्य उपचार सहज होस, स्कुल फि सस्तो होस भनेर यस्तै माग राख्द छन् । यी माग नै पुरा गर्न तिर म लाग्छु । बरु जनताले मलाई भनेका छन कि बाबु तेरो जीत सुनिश्चित छ भनेका छन् । चुनाव जितेपछि हामीले भेट्न र छुन पाउनु पर्यो भनेर भनेका छन् ।
डि.पि. ढकाललाई किन भोट दिने भन्ने पनि छन् नि ?
चुनाव व्यक्ति लड्ने होईन पार्टी लड्ने कुरा हो । टिकट त व्यक्तिले पाउने हो त्यसकारण व्यक्ति डि.पी. ढकालको कुरा होइन पार्टीको कुरा गरौं । भक्तपुरको विकास चाहिएको क्षेत्र भनेको चाँगुनारायणको उत्तरी र पूर्वी भेग हो । विकासको जोड त्यहि हो । आफै गएर हेर्नुस विकास गर्न नेकपा नआई हुदो रहेन छ । काँग्रेसले पनि त्यो चर्चा गर्न थालेको छ ।
सवैले भन्ने त्यस्तै हो, गर्ने केहि होइन भन्छन् नि ?
मुख्य कुरा उसको आचरण हेर्ने हो । क्रियाशिल्ता हेर्ने हो । व्यवहार कस्तो छ र उ कत्तिको समर्पित छ भनेर हेर्ने हो ।
अहिले सम्म जितेकाले केहि गरेनन् त ?
होइन, जितेकाहरुले नगर्या भएत देश यहाँ सम्म आई पुग्दैन थिएन त । जितेकाले गरेर नै आएको हो ।
तिथि, नीति सबै विगारे भन्ने आरोप पनि छ ?
त्यो त गलत चिन्तन मात्रै हो । नीति, थिति कहाँ विग्रेको छ र ।हिजो सानालाई ऐन, ठूलालाई चैन हुन छ भन्थ्ये आज आलामहरु जेल पुगेनन् । आलामहरु जेल पुग्न बाह्र वर्ष लाग्यो नि । नेपाले व्यापार व्यवसाय गर्ने स्तर १६ स्तर एकै वर्षमा माथि पुगेको विश्व बैंकको प्रतिवेदन गरेर नै भयो होलानी होईन र ? बरु के हो भने जति गर्लान भन्ने आश थियो त्यति गर्न सकेनन् । यो चाँहि सत्य हो ।
अरु भन्दा फरक गर्ने कुरा के छ तपाईको ?
अरुभन्दा फरक केहि छैन । विकास र समृद्धिकै एजेण्डा बोक्ने हो । मसंग धेरै लामो समय पनि रहदैन निर्वाचित भैसके पछि पनि।मैले गर्न सक्ने काम भनेको समृद्धि कै लागि काम गर्ने हो । स्थानीय स्रोतको व्यवस्थापन गर्ने कुरा नै हुन्छ ।
भनेपछि वृहत विकास हुन्छ ?
निर्वाचनको परिणाम नेकपा कै हुन्छ । बरु मतान्तर फरक आउने मै पहल कद्मी हुने छ । जित्ने परिकल्पना मात्रै गरिरहेका छौं ।
यात्रा सफल रहोस, समय दिनु भयो यहाँलाई धन्यवाद ।
हजुरलाई पनि धेरै धेरै धन्यवाद । यहाँको लोकप्रिय संचारमाध्यमबाट मेरो विचार जनता माझ पु¥याउने अवसर दिनु भयो त्यसका लागि विशेष धन्यवाद ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...
काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा. हेमराज पन्त चयन हुनुभएको...
काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...
काठमाडाैं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू...