भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अल्पमतमा परेका सुदूरपश्चिम मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

अल्पमतमा परेका सुदूरपश्चिम मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसका १८ सांसद छन् ।

बहुमतका लागि २७ सांसद चाहिन्छ । माओवादीका १०, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । मुख्यमन्त्री शाहलाई बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्णायक छ । प्रदेशसभामा नाउपाका ७ सांसद छन् । त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए ।

नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन । त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ । काँग्रेसका सबै, नाउपाका सबै राप्रपा र स्वतन्त्रले पनि मत दिँदा ठिक्क बहुमत २७ पुग्छ । तर, नाउपाका संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठबीचको विवादका कारण त्यो सम्भावना निकै कम रहेको बताइन्छ ।

 


Thali Mobile Pvt.Ltd.