भर्खरै : Sorry, your browser does not support inline SVG.
विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए |

तनहुँमा सयपत्री फूलखेती विस्तार : महिलाको आत्मनिर्भरता तर्फ महत्वपूर्ण कदम

तनहुँमा सयपत्री फूलखेती विस्तार : महिलाको आत्मनिर्भरता तर्फ महत्वपूर्ण कदम

तनहुँ, १५ असाेज । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सयपत्री फूलखेतीलाई क्रमशः विस्तार गर्दै लगेका छन्। विगत तीन वर्षदेखि फूलखेतीमा संलग्न महिलाहरू यस वर्ष ५० रोपनी क्षेत्रफलमा सयपत्री खेती गरिरहेका छन्।

यान्चोकटार महिला लघु उद्यमी समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार पहिलो वर्ष २२ रोपनीबाट सुरु भएको फूलखेती दोस्रो वर्षमा ४० रोपनीमा पुगेको थियो। यस वर्ष भने विस्तार गरी ५० रोपनीमा सयपत्री फूल उत्पादन गरिएको छ।

उनले भनिन्, “बजारको कुनै समस्या छैन। गाउँपालिकाले समेत बजार व्यवस्थापनमा सहयोग गर्ने भएकाले हामी व्यावसायिक रूपमा फूलखेतीतर्फ आकर्षित भएका छौँ।” तिहार नजिकिँदै गर्दा महिलाहरूले उत्पादन भएको फूल टिप्न थालिसकेका छन्।

समूहमा आबद्ध करिब ७० महिलाले सयपत्री खेती गरिरहेका छन्। चाडपर्वमा बाहिरबाट फूल ल्याउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले यो अभियान सुरु गरेको अध्यक्ष गुरुङले बताइन्।

उँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार समूहका महिलालाई फूलखेती गर्ने तरिका, फूल टिप्ने तरिका, माला बनाउने सीपलगायत आवश्यक प्रशिक्षण दिइएको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले सयपत्री फूलखेतीले महिलालाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए।

 


Thali Mobile Pvt.Ltd.