भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तनहुँमा सयपत्री फूलखेती विस्तार : महिलाको आत्मनिर्भरता तर्फ महत्वपूर्ण कदम

तनहुँमा सयपत्री फूलखेती विस्तार : महिलाको आत्मनिर्भरता तर्फ महत्वपूर्ण कदम

तनहुँ, १५ असाेज । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सयपत्री फूलखेतीलाई क्रमशः विस्तार गर्दै लगेका छन्। विगत तीन वर्षदेखि फूलखेतीमा संलग्न महिलाहरू यस वर्ष ५० रोपनी क्षेत्रफलमा सयपत्री खेती गरिरहेका छन्।

यान्चोकटार महिला लघु उद्यमी समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार पहिलो वर्ष २२ रोपनीबाट सुरु भएको फूलखेती दोस्रो वर्षमा ४० रोपनीमा पुगेको थियो। यस वर्ष भने विस्तार गरी ५० रोपनीमा सयपत्री फूल उत्पादन गरिएको छ।

उनले भनिन्, “बजारको कुनै समस्या छैन। गाउँपालिकाले समेत बजार व्यवस्थापनमा सहयोग गर्ने भएकाले हामी व्यावसायिक रूपमा फूलखेतीतर्फ आकर्षित भएका छौँ।” तिहार नजिकिँदै गर्दा महिलाहरूले उत्पादन भएको फूल टिप्न थालिसकेका छन्।

समूहमा आबद्ध करिब ७० महिलाले सयपत्री खेती गरिरहेका छन्। चाडपर्वमा बाहिरबाट फूल ल्याउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले यो अभियान सुरु गरेको अध्यक्ष गुरुङले बताइन्।

उँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार समूहका महिलालाई फूलखेती गर्ने तरिका, फूल टिप्ने तरिका, माला बनाउने सीपलगायत आवश्यक प्रशिक्षण दिइएको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले सयपत्री फूलखेतीले महिलालाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए।

 


Thali Mobile Pvt.Ltd.