भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जेनजी आन्दोलन : २३१६ जनाले उपचार पाए, ४९ जनाको उपचारकै क्रममा मृत्यु

जेनजी आन्दोलन : २३१६ जनाले उपचार पाए, ४९ जनाको उपचारकै क्रममा मृत्यु

काठमाडौँ, १५ असाेज । भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा २ हजार ३ सय १६ जना घाइतेले विभिन्न स्वास्थ्य संस्थाबाट उपचार लिएको सरकारले जनाएको छ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलनमा देशभर व्यापक प्रदर्शन, झडप, तोडफोड र आगजनी भएका थिए। सो क्रममा ७६ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा घाइते भएकामध्ये धेरैलाई तत्काल प्राथमिक उपचार दिइएको थियो भने केहीलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा भर्ना गरिएको थियो।

हालसम्म २ हजार २ सय २९ जना घाइते डिस्चार्ज भएर घर फर्किएका छन् भने १० वटा अस्पतालमा अझै ३८ जना उपचाररत छन्। उनीहरूमध्ये केही गम्भीर घाइते छन्।

डा. बुढाथोकीले उपचारका क्रममा ४९ जनाले अस्पतालमै ज्यान गुमाएको जानकारी दिए। उनका अनुसार त्यतिबेला एम्बुलेन्समार्फत करिब ९ सय ४७ जना घाइतेहरू अस्पताल पुर्याइएको थियो।

 


Thali Mobile Pvt.Ltd.