भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जेनजी आन्दोलन : २३१६ जनाले उपचार पाए, ४९ जनाको उपचारकै क्रममा मृत्यु

जेनजी आन्दोलन : २३१६ जनाले उपचार पाए, ४९ जनाको उपचारकै क्रममा मृत्यु

काठमाडौँ, १५ असाेज । भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा २ हजार ३ सय १६ जना घाइतेले विभिन्न स्वास्थ्य संस्थाबाट उपचार लिएको सरकारले जनाएको छ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलनमा देशभर व्यापक प्रदर्शन, झडप, तोडफोड र आगजनी भएका थिए। सो क्रममा ७६ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा घाइते भएकामध्ये धेरैलाई तत्काल प्राथमिक उपचार दिइएको थियो भने केहीलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा भर्ना गरिएको थियो।

हालसम्म २ हजार २ सय २९ जना घाइते डिस्चार्ज भएर घर फर्किएका छन् भने १० वटा अस्पतालमा अझै ३८ जना उपचाररत छन्। उनीहरूमध्ये केही गम्भीर घाइते छन्।

डा. बुढाथोकीले उपचारका क्रममा ४९ जनाले अस्पतालमै ज्यान गुमाएको जानकारी दिए। उनका अनुसार त्यतिबेला एम्बुलेन्समार्फत करिब ९ सय ४७ जना घाइतेहरू अस्पताल पुर्याइएको थियो।

 


Thali Mobile Pvt.Ltd.