भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अन्नपूर्ण बेस क्याम्पबाट १६२ पर्यटकको सशस्त्र प्रहरीले सुरक्षित उद्धार

अन्नपूर्ण बेस क्याम्पबाट १६२ पर्यटकको सशस्त्र प्रहरीले सुरक्षित उद्धार

काठमाडौं, १३ कात्तिक । सशस्त्र प्रहरी बल नेपालले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्प (ABC) बाट १६२ जना आन्तरिक र विदेशी पर्यटकलाई सफलतापूर्वक उद्धार गरेको छ । सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाक्लो हिमपातका कारण बेस क्याम्पमा अलपत्र परेका सबै पर्यटकलाई डोरीको सहायताले सुरक्षित स्थानमा ल्याइएको हो । उद्धारपछि अहिले बेस क्याम्पमा कुनै पनि पर्यटक बाँकी छैनन् ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस, नारच्याङ (म्याग्दी) बाट कार्तिक ११ गते उद्धारका लागि टोली पठाइएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा रहेको टोलीले १७ जना विदेशी नागरिकसहित १६२ जनाको उद्धार सम्पन्न गरेको हो । थापाका अनुसार, हिमपात र हिउँ पहिरोको जोखिम बढेपछि टोलीले बाटोमा अलपत्र परेका पर्यटकलाई पनि उद्धार गरी अन्नपूर्ण गाउँपालिका–४ का गुफाफाँट र सादिखर्कजस्ता सुरक्षित स्थानमा पुर्याएको हो ।

तीन दिनको लगातार प्रयासपछि बुधबार मात्र ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई उद्धार गरिएको थियो । आज बिहानसम्मको गणनाअनुसार, कार्तिक ११ देखि हालसम्म कुल १६२ जना पर्यटक सुरक्षित स्थानमा पुर्याइएका छन् । थापाका अनुसार, उद्धार गरिएका केहीमा श्वासप्रश्वास र हल्का स्वास्थ्य समस्या देखिए पनि गम्भीर अवस्था भने छैन । सबैलाई हिमपात नभएको क्षेत्रमा सुरक्षित राखिएको छ । 

 


Thali Mobile Pvt.Ltd.