भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वकप लिग-२: यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

विश्वकप लिग-२: यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं, १३ कात्तिक । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको दोस्रो खेल दुबईमा भइरहेको छ । आइसीसी एकेडेमी मैदान, दुबईमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यसअघि श्रृंखलाको पहिलो खेलमा नेपाल अमेरिका विरुद्ध पराजित भएको थियो, त्यसैले आजको खेल नेपालका लागि अत्यावश्यक जितको अवसर बनेको छ । अमेरिकाले लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र यूएई दुवैलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति दुबई इन्टरनेशनल मैदानमा अमेरिकाले यूएईलाई चार विकेटले पराजित गरेको थियो ।

नेपालले अमेरिकाविरुद्ध पहिलो खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । आजको खेलमा नेपालले प्रदर्शन सुधार्दै यूएईलाई पराजित गर्ने लक्ष्य राखेको छ, भने घरेलु टोली यूएई पनि पहिलो जितको खोजीमा मैदान उत्रिएको छ । नेपालले यसपछि लिग-२ श्रृंखलाको तेस्रो खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार पुनः यूएईसँग खेल्नेछ ।

हालसम्म नेपालले १७ खेलमा १२ अंक जोडेको छ र तालिकाको सातौं स्थानमा छ । समान खेल खेलेको यूएईको ६ अंक छ र त्यो आठौं स्थानमा रहेको छ । २२ खेल खेलेको अमेरिका भने ३२ अंकसहित दोस्रो स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.