भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विश्वकप लिग-२: यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

विश्वकप लिग-२: यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं, १३ कात्तिक । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको दोस्रो खेल दुबईमा भइरहेको छ । आइसीसी एकेडेमी मैदान, दुबईमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यसअघि श्रृंखलाको पहिलो खेलमा नेपाल अमेरिका विरुद्ध पराजित भएको थियो, त्यसैले आजको खेल नेपालका लागि अत्यावश्यक जितको अवसर बनेको छ । अमेरिकाले लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र यूएई दुवैलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति दुबई इन्टरनेशनल मैदानमा अमेरिकाले यूएईलाई चार विकेटले पराजित गरेको थियो ।

नेपालले अमेरिकाविरुद्ध पहिलो खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । आजको खेलमा नेपालले प्रदर्शन सुधार्दै यूएईलाई पराजित गर्ने लक्ष्य राखेको छ, भने घरेलु टोली यूएई पनि पहिलो जितको खोजीमा मैदान उत्रिएको छ । नेपालले यसपछि लिग-२ श्रृंखलाको तेस्रो खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार पुनः यूएईसँग खेल्नेछ ।

हालसम्म नेपालले १७ खेलमा १२ अंक जोडेको छ र तालिकाको सातौं स्थानमा छ । समान खेल खेलेको यूएईको ६ अंक छ र त्यो आठौं स्थानमा रहेको छ । २२ खेल खेलेको अमेरिका भने ३२ अंकसहित दोस्रो स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.