भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सेन्ट जोन्समा वार्षिकोत्सव सम्पन्न

सेन्ट जोन्समा वार्षिकोत्सव सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी भक्तपुरमा अवस्थित सेन्ट जोन्स स्कुलले ४०औं अभिभावक दिवस, पुरस्कार बितरण तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीको सर्वाङ्गिण बिकासका लागि विद्यालय र अभिभावकको उत्तिकै जिम्मेवारी हुने बताए । अभिभावकहरुले आफ्ना बच्चाहरुलाई पटक–पटक विद्यालय परिवर्तन गरिराख्नु नहुने र सम्बन्धित विद्यालयका कमिकमजोरी छन् भने विद्यालयमा गई सुझाव दिनु पर्नेमा जोड दिए ।

कार्यक्रमका अतिथि इप्सन र प्याव्सन भक्तपुरका सचिव बिजय कर्माचार्यले बिद्यालय र अभिभावकको सहकार्यमा जोड दिएका थिए। त्यस्तै अन्य अतिथिहरु नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापा र अभिभावक एवं सोही बिद्यालयका पुर्व विद्यार्थी समेत रहनु भएका डा. बिकासराज थापाले समेत विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरुलाइ पुरस्कार बितरण तथा सम्मान गर्नु भएको थियो।

विद्यालयका प्रिन्सिपल देव दत्त भट्टले सम्पुर्ण आगन्तुकहरुलाई धन्यवाद दिदै विद्यालयले हाल सुविधा सम्पन्न विद्यालयको भौतिक संरचना तयारी गरि सकेको अवस्थामा सुविधा एवं गुणस्तर शिक्षाको लागि टाढा जानु नपर्ने भन्दै सेम्ट जोन्स स्कुलले आगामी दिनमा समेत विद्यार्थीहरुको समग्र बिकासका लागि अझै कटिबद्ध र ब्यवस्थित भएर उत्कृष्टता तर्फ बढिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

 


Thali Mobile Pvt.Ltd.