भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापार २६ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापार २६ प्रतिशतले बढ्यो

काठमाडौँ, १० कार्तिक। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, साउन, भदौ र असोज महिनामा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.०४ प्रतिशतले वृद्धि भएको हो। गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो। चाडपर्वको सिजनका कारण यस वर्ष आयात र निर्यात दुवै बढेको विभागले जनाएको छ।

यस अवधिमा चार खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले बढी हो।
त्यस्तै, ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशतले वृद्धि हो।

यद्यपि, व्यापारमा वृद्धि भए पनि व्यापार घाटा अझै उच्च रहेको विभागले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ।

 


Thali Mobile Pvt.Ltd.