भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

काठ बेचेर तनहुँका सामुदायिक वनले कमाए साढे आठ करोड

काठ बेचेर तनहुँका सामुदायिक वनले कमाए साढे आठ करोड

तनहुँ, १० कार्तिक। तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी करिब साढे रुपैयाँ आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले आठ करोड ४३ लाखभन्दा चार हजार ५०३ रुपैयाँ आम्दानी गरेका हुन्।

सामुदायिक वनले ८३ हजार ५१३.४५ क्युफिट वन पैदावर बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार त्यसअवधिमा ४० हजार ३३१.९५ क्युफिट साल, ४१ हजार १०३.८० क्युफिट खयर र दुई हजार ९११‍.८६ अन्य वन पैदावर बिक्री भएको छ । यो अवधिमा ५०.१५ चट्टा दाउरा बिक्री भएको छ ।

जिल्लाको कुल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ। जिल्लाभर ६१६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन छ । वन पैदावर बिक्रीमार्फत् एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व उठेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.