भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठ बेचेर तनहुँका सामुदायिक वनले कमाए साढे आठ करोड

काठ बेचेर तनहुँका सामुदायिक वनले कमाए साढे आठ करोड

तनहुँ, १० कार्तिक। तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी करिब साढे रुपैयाँ आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले आठ करोड ४३ लाखभन्दा चार हजार ५०३ रुपैयाँ आम्दानी गरेका हुन्।

सामुदायिक वनले ८३ हजार ५१३.४५ क्युफिट वन पैदावर बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार त्यसअवधिमा ४० हजार ३३१.९५ क्युफिट साल, ४१ हजार १०३.८० क्युफिट खयर र दुई हजार ९११‍.८६ अन्य वन पैदावर बिक्री भएको छ । यो अवधिमा ५०.१५ चट्टा दाउरा बिक्री भएको छ ।

जिल्लाको कुल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ। जिल्लाभर ६१६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन छ । वन पैदावर बिक्रीमार्फत् एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व उठेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.