भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर अस्पतालको सराहनीय कार्य, बेसहारा तथा मनोरोगीलाई शिविर मार्फत सेवा प्रदान

भक्तपुर अस्पतालको सराहनीय कार्य, बेसहारा तथा मनोरोगीलाई शिविर मार्फत सेवा प्रदान

भक्तपुर । १७ औं गणतन्त्र दिवसको अवसरमा भक्तपुर अस्पतालले बेसाहारा र मनोरोगले समस्या भएका विरामीलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गरेको छ ।Appreciable work

मंगलबार अस्पताल निर्देशक डाक्ट सुमित्रा गौतम नेतृत्वको टोलीले मानव कल्याण समाज सेवा घरमा स्वास्थ्य शिविर कार्यक्रम गरि सेवा घरमा भएका विरामीहरुलाई औषधी वितरण लगायतका सेवा प्रदान गरेको हो ।Appreciable work

स्वास्थ्य सिवीरमा अस्पतालको निर्देशक डा.सुमित्रा गौतम, महिला तथा स्त्रीरोग बिशेषज्ञ डा. सुरेन्द्र प्रसाद भट्ट, कसल्टेन्ट फिजिसियन डा.देवेन्द्र भट्टराई, कसल्टेन्ट फिजिसियन डा. बिमल यादव, मानसिक रोग बिशेषज्ञ डा.दुर्गा थापा, निर्मला भट्ट, मन कुमारी श्रेष्ठ, रोशनी श्रेष्ठ, राकेश श्रेष्ठ, सृर्जना भट्टराई, सर्मिला खड्का, प्रकृति आचार्य, तारा रिजाल, दिपेश खड्का, निना खाइतु, रश्मिला दथेपुथे, बुद्ध महर्जन, कुमार लामा, सुन कुमार श्रेष्ठ लागाएतको सहभागिता रहेको थियो ।Appreciable work

शिविरबाट सेवा घरमा रहेका बेसहारा तथा मनोरोगी विरामीहरु लाभानवित भएको हुन । अस्पतालले नै शिविर सञ्चालन गरेपछि सेवा घरका बेसहारा तथा मनोरोगीहरु विरामीहरु खुशी भएका थिए ।Appreciable work

अस्पतालले विरामीहरुको प्रेसर चेक, अक्सिजन लेवललगायत दैनिक प्रयोग हुने औषधी तथा मानसिक रोगीलाई विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गर्दै औषधी वितरण गरिएको थियो ।

शिविरमा १ सय ९८ जना विरामीहरुको स्वस्थ्य जाँच हुनुका साथै १ सय ८९ जना मनोरोगी विरामीको उपचार गरि एक महिनासम्मका लागि औषधी समेत वितरण गरिएको अस्पताल निर्देशक डा. गौतमले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.