भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तराईमा आगामी तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना

तराईमा आगामी तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको र सो क्रम कायम रहने जानकारी दिइको छ । महाशाखाले आज धनगढीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सिय पुग्ने आकलन गरेको छ। त्यस्तै नेपालगञ्जको ४१.७, दिपायल र जनकपुरमा ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ।

पश्चिमको तुलनामा पूर्वी तराईमा केही कम गर्मी छ। विराटनगरमा आज ३५.४ डिग्री सेल्सियस तापक्रम पुग्ने महाशाखाको पूर्वानुमान छ। त्यहाँको न्यूनतम तापक्रम भने २८.८ डिग्री मापन भएको छ।

 


Thali Mobile Pvt.Ltd.