भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तराईमा आगामी तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना

तराईमा आगामी तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको र सो क्रम कायम रहने जानकारी दिइको छ । महाशाखाले आज धनगढीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सिय पुग्ने आकलन गरेको छ। त्यस्तै नेपालगञ्जको ४१.७, दिपायल र जनकपुरमा ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ।

पश्चिमको तुलनामा पूर्वी तराईमा केही कम गर्मी छ। विराटनगरमा आज ३५.४ डिग्री सेल्सियस तापक्रम पुग्ने महाशाखाको पूर्वानुमान छ। त्यहाँको न्यूनतम तापक्रम भने २८.८ डिग्री मापन भएको छ।

 


Thali Mobile Pvt.Ltd.