भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तानको १४ औं राष्ट्रपतिमा आसिफ अली जरदारी

पाकिस्तानको १४ औं राष्ट्रपतिमा आसिफ अली जरदारी

एजेन्सी । पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा आसिफ अली जरदारीले शपथग्रहण गरेका छन् । उनले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा शपथग्रहण गरेका हुन ।

शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारीले संसद र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट १८१ मतको विरुद्धमा ४११ मत ल्याएर विजयी भएका थिए ।
सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारीले सिनेट र नेशनल एसेम्बलीलगायत संसदका दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरेका हुन ।

पूर्वी पञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत प्राप्त गर्नुभयो । यस्तै दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका थिए ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहण गराएका हुन ।

 


Thali Mobile Pvt.Ltd.