भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

बागमती करिडोरमा आधुनिक स्मार्ट लाइट र सीसीटिभी जडान, गोकर्ण – बल्खु क्षेत्र अब उज्यालो र सुरक्षित

बागमती करिडोरमा आधुनिक स्मार्ट लाइट र सीसीटिभी जडान, गोकर्ण – बल्खु क्षेत्र अब उज्यालो र सुरक्षित

काठमाडाैं, ९ मंसिर । बागमती नदी करिडोर अन्तर्गत गोकर्णदेखि बल्खुसम्मको क्षेत्रमा अब स्मार्ट बिजुली बत्ती र आधुनिक सीसीटिभी जडान गरिने भएको छ ।

अँध्यारा क्षेत्र उज्यालो बनाउँदै सुरक्षा, निगरानी तथा फोहोरमैला व्यवस्थापन सुधार गर्ने उद्देश्यसहित आयोजना अघि बढाइएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोरमा बढ्दो अनाधिकृत गतिविधि, फोहोरमैला व्यवस्थापन समस्या र सुरक्षा चुनौतीलाई लक्षित गर्दै अत्याधुनिक सीसीटिभी सर्भिलेन्स सिस्टम तथा हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्ने तयारी गरेको हो ।

आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार गोकर्ण बल्खु क्षेत्रमा ५६७ थान स्मार्ट सडक बत्ती र ६ स्थानमा ४८ थान हाइमास्ट फ्लडलाइट जडान गरिनेछ । त्यससँगै तापक्रम, धुलो तथा पानी प्रतिरोधी र दिन – रात दुवै समयमा कार्यक्षम १२० थान अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी छ ।

यसका लागि निर्माण व्यवसायी छनोट गर्न समितिले सोमबार टेण्डर आह्वान गरिसकेको छ । जडान हुने सम्पूर्ण सीसीटिभी सिस्टमको सर्भर र अनुगमन युनिट जिल्ला प्रहरी परिसर, काठमाडौंमा रहने छ । स्मार्ट लाइट र सीसीटिभी जडानपछि क्षेत्रको सुरक्षा, निगरानी, अपराध नियन्त्रण, अव्यवस्थित गतिविधिको रोकथाम तथा रात्रीकालीन उज्यालो व्यवस्थामा महत्वपूर्ण सुधार हुने अपेक्षा समितिको छ । यसले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

बागमती करिडोरअन्तर्गत थापाथली – टेकु दोभान क्षेत्रका केही भागमा भने सीसीटिभी जडानको काम पूरा भइसकेको उपनिर्देशक नेपालले बताए ।

 

 

 

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.