सिद्धार्थ बैंक एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

सिद्धार्थ बैंक एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

काठमाडाैं, ९ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल अपरान्ह ४ बजे हुनेछ, जहाँ काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।

राष्ट्रिय टोलीका अलराउन्डर करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाज र राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स दुवैलाई जित आवश्यक छ । कारण अघिल्लो खेलमा दुवै टोली पराजित भएका छन् ।

काठमान्डुले हालसम्म ३ खेल खेल्दा २ हार बेहोरेको छ भने लुम्बिनीले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएपछि काठमान्डुले पछिल्ला खेलमा लय गुमाएको देखिएको छ । आजको खेलमा हार बेहोरे प्लेअफ यात्रा कठिन बन्न सक्छ ।

त्यस्तै, पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी लायन्स कर्णाली याक्सका मार्क वाटको शानदार शतकपछि दोस्रो खेलमा पूर्ण रूपमा ‘आउटप्लेड’ भएको थियो । आजको खेल लुम्बिनीका लागि पुनरागमनको अवसर हुनेछ ।

गत संस्करणमा यी दुई टोली एकपटक भिडेका थिए, जहाँ काठमान्डु गोर्खाजले १०३ रन डिफेन्ड गर्दै लुम्बिनीलाई ८५ रनमा रोक्दै १८ रनले जित हात पारेको थियो । अंकतालिकामा दुवैसँग समान २ अंक भए पनि नेटरनरेटका आधारमा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा छन्।

 

 

 

 

 

 

 

Mohotsav


Thali Mobile Pvt.Ltd.