भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विवाह पञ्चमीमा मधेस प्रदेशमा सार्वजनिक बिदा, जनकपुरधाममा राम – सीताको विवाह महोत्सव

विवाह पञ्चमीमा मधेस प्रदेशमा सार्वजनिक बिदा, जनकपुरधाममा राम – सीताको विवाह महोत्सव

जनकपुरधाम । मधेस प्रदेश सरकार­ले विवाह पञ्चमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै मङ्सिर ९ गते मङ्गलबारका दिन प्रदेशभर सार्वजनिक बिदा लागू गरिएको जानकारी गराएको हो ।

मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ, “मधेस प्रदेश सरकारद्वारा मिति २०७८ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा उल्लेखित २०८२ सालका बिदाबारेको सूचनाअनुसार आज विवाह पञ्चमीको सार्वजनिक बिदा भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।”

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र जनकनन्दिनी सीताको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गर्दै विवाह पञ्चमी पर्व श्रद्धापूर्वक मनाइँदै छ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज राम–सीताको विवाह महोत्सव विधिपूर्वक सम्पन्न हुँदैछ । गोस्वामी तुलसीदासद्वारा वर्णित रामायणमा उल्लेखित दिनको स्मरणमा मिथिलावासीले विवाह पञ्चमीलाई विशेष सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएका छन् ।

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.