भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

भक्तपुरमा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

भक्तपुर । श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईलाई हिजो साँझ कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

पवित्रालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा बेलुकी उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले बताउनु भयो ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू चाँगुनारायण नगरपालिका वडा नं ३, झौखेलमा भाडाको घरमा बस्दै आएका थिए । सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.