भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भक्तपुरमा ३ सवारीसाधन ठोक्किँदा स्कुटर चालकको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुरमा ३ सवारीसाधन ठोक्किँदा स्कुटर चालकको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर, १५ माघ । भक्तपुरको कमलविनायक बसपार्क नजिक तीन सवारीसाधन एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । त्यसपछि पछाडिबाट आइरहेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा संलग्न तीनवटै सवारीसाधनलाई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.