भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गुल्मीमा ३ महिने शिशुको हत्या, बाबु पक्राउ

गुल्मीमा ३ महिने शिशुको हत्या, बाबु पक्राउ

गुल्मी,  १५ माघ । गुल्मी जिल्लाको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाको शिशुको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुका अनुसार मादक पदार्थ सेवन गरेका सन्तबहादुरले आफ्नै तीन महिनाको शिशुलाई टिपेर भुइँमा पछारेपछि घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे सन्तबहादुरकी जेठी छोरी सरिताले हस्तीचौर प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपी सन्तबहादुरलाई नियन्त्रणमा लिएको हो ।

डीएसपी सारुका अनुसार घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.