भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

भक्तपुरमा महोत्सव सुरु : ५०% सम्म छुटको बहार

भक्तपुरमा महोत्सव सुरु : ५०% सम्म छुटको बहार

भक्तपुर, २८  चैत । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामा नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव बिहीबारदेखि भक्तपुरको सल्लाघारी खुल्ला चौरमा सुरु भएको छ। यो महोत्सव २०८२ वैशाख ७ गतेसम्म चल्नेछ।

ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र सल्लाघारीको त्रिवेणी मैदानमा आयोजित यो महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, जुत्ता, कृषि उत्पादन र हस्तकलाका सामानहरू बिक्रीका लागि राखिएका छन्। औद्योगिक उत्पादन, सूचना प्रविधि, विज्ञान, अटोमोबाइल र आधुनिक कृषि औजारको प्रदर्शनी र बिक्री पनि महोत्सवको आकर्षण बनेको छ। मोबाइल, इलेक्ट्रोनिक्सलगायतका सामानहरूको व्यापार र प्रदर्शनीका लागि समेत स्टलहरू व्यवस्था गरिएको छ।

साना बालबालिकाहरूका लागि बाल उद्यान सञ्चालनमा छ। महोत्सव संयोजक दीपक थापाका अनुसार ड्रागन ब्रेक डान्स, नाउ, र विभिन्न खेलौनाहरूका साथै रोटे पिङ, रेनजर र मारुती सर्कस पनि सञ्चालन हुनेछन्। पर्यटकीय गतिविधि, स्थानीय खाना महोत्सव र राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुतिले महोत्सवलाई थप रोचक बनाउने अपेक्षा छ। हास्यव्यंग्य, फेसन र्‍याम्प, नृत्य प्रतियोगितालगायतका कार्यक्रमले पनि आकर्षण थप्नेछ। स्थानीय हस्तकला र कृषि उत्पादनलाई पनि विशेष स्थान दिइएको छ।

महोत्सवमा बिक्री हुने सामानमा २०% देखि ५०% सम्म छुटको व्यवस्था छ। १५० स्टल रहेको यो महोत्सवमा ५ लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ। प्रवेश शुल्क ५० र ८० रुपैयाँ तोकिएको छ, तर विद्यार्थी र ज्येष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था छ।

“नयाँ वर्ष, नयाँ सोच: युवाहरूका लागि प्रगतिको स्रोत” नाराका साथ आयोजित यो महोत्सव नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अवसरमा भएको हो। बिहीबार संघीय सांसद दुर्लभ थापाले एक समारोहबीच महोत्सवको उद्घाटन गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.