भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र

शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं, २८ चैत । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ। सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षामन्त्री विद्या भट्टराईलाई भेटी २४ बुँदे मागसहितको सूची प्रस्तुत गरेको हो।

महासंघले नयाँ शिक्षा ऐनको स्पष्ट खाका र विगतका सम्झौताहरू कार्यान्वयनमा ढिलाइको कारणबारे जवाफ मागेको छ। “हामीलाई सरकारको ठोस योजना र समयसीमा चाहिन्छ,” ध्यानाकर्षण पत्रमा उल्लेख छ। वार्ताको वातावरण बनाउन सरकारले प्रष्टता दिनुपर्ने महासंघको भनाइ छ।

दिउँसो ५ बजेबाट सुरु भएको छलफल साँझसम्म चलेको छ। महासंघबाट महासचिव तुला बहादुर थापा, उपमहासचिव मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल सहभागी छन्। मन्त्रालयबाट मन्त्री भट्टराई, शिक्षा सचिव डा. दीपक काफ्ले र दुई सहसचिव उपस्थित छन्।

शिक्षकका माग सम्बोधन र शिक्षा प्रणाली सुधारका लागि छलफल जारी छ।

 


Thali Mobile Pvt.Ltd.