भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र

शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं, २८ चैत । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ। सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षामन्त्री विद्या भट्टराईलाई भेटी २४ बुँदे मागसहितको सूची प्रस्तुत गरेको हो।

महासंघले नयाँ शिक्षा ऐनको स्पष्ट खाका र विगतका सम्झौताहरू कार्यान्वयनमा ढिलाइको कारणबारे जवाफ मागेको छ। “हामीलाई सरकारको ठोस योजना र समयसीमा चाहिन्छ,” ध्यानाकर्षण पत्रमा उल्लेख छ। वार्ताको वातावरण बनाउन सरकारले प्रष्टता दिनुपर्ने महासंघको भनाइ छ।

दिउँसो ५ बजेबाट सुरु भएको छलफल साँझसम्म चलेको छ। महासंघबाट महासचिव तुला बहादुर थापा, उपमहासचिव मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल सहभागी छन्। मन्त्रालयबाट मन्त्री भट्टराई, शिक्षा सचिव डा. दीपक काफ्ले र दुई सहसचिव उपस्थित छन्।

शिक्षकका माग सम्बोधन र शिक्षा प्रणाली सुधारका लागि छलफल जारी छ।

 


Thali Mobile Pvt.Ltd.