भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भीमफेदी कारागारबाट फरार कैदी बारामा चोरी गर्दै पक्राउ

भीमफेदी कारागारबाट फरार कैदी बारामा चोरी गर्दै पक्राउ

बारा, ५  फागुन । जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दै गर्दा पक्राउ परेका छन् ।

प्रसौनी गाउँपालिका–१ निवासी २६ वर्षीय विशाल मुखियालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले फागुन ४ गते रङ्गेहात पक्राउ गरेको हो । उनी प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेको अवस्थामा फेला परेका थिए ।

पक्राउ परेका मुखिया यसअघि गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्ति हुन् । उनलाई मकवानपुर जिल्ला अदालत ले किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद तथा १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

सोही सजाय भुक्तानका लागि कारागारमा रहेका उनी २०८२ भदौ २४ गते कारागार तोडेर फरार भएका थिए । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका मुखिया पुनः चोरी कार्यमा संलग्न अवस्थामा फेला परेपछि हाल बारा जिल्ला अदालत बाट चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार फरार कैदीले पुनः अपराध गरेको देखिएकाले थप कानुनी प्रक्रिया अघि बढाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.