भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

गण्डकीमा प्रतिनिधिसभा निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी परिचालन

गण्डकीमा प्रतिनिधिसभा निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी परिचालन

मुख्य बुँदा

१४ हजार ३७६ कर्मचारी मतदानमा खटिने

२ हजार ३९६ मतदान केन्द्र

१८ लाख ७० हजार ६५ मतदाता

२ लाख ७ हजार ८१९ नयाँ मतदाता थपिए

१८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र

गण्डकी प्रदेश यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार प्रदेशका ११ जिल्लामा रहेका २ हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार ३७६ जना कर्मचारी खटिनेछन् ।

प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी तथा तीन जना स्वयंसेवक परिचालन गरिनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । छनोट भएका कर्मचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने जनाइएको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र रहेका छन् । प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् ।

सबैभन्दा बढी मतदाता कास्कीमा ३ लाख ८ हजार ५७२ छन् भने सबैभन्दा कम मनाङमा ७ हजार छन् । स्याङ्जामा २ लाख ४८ हजार ८१६, तनहुँमा २ लाख ५४ हजार ३९७, नवलपुरमा २ लाख ६८ हजार ५२६, गोर्खामा २ लाख २९ हजार ५८ र बागलुङमा १ लाख ९३ हजार १८१ मतदाता रहेका छन् ।

त्यस्तै, लमजुङमा १ लाख ३७ हजार १२४, पर्वतमा १ लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता रहेका छन् । प्रदेशका कुल मतदातामध्ये ९ लाख १४ हजार ५३५ पुरुष, ९ लाख ५५ हजार ५१६ महिला र १४ जना अन्य छन् ।

वि.सं. २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा १६ लाख ६२ हजार २४६ मतदाता रहेका थिए । यसपटक २ लाख ७ हजार ८१९ नयाँ मतदाता थपिएका छन् । प्रदेशमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.