भर्खरै : Sorry, your browser does not support inline SVG.

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा

काठमाडौ, ७ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्ने निकायको अनुरोधमा उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइने तयारी गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेका बेला उनलाई पक्राउ गरिएको हो। यससँगै काठमाडौंको भैँसेपाटीस्थित उनको निवासमा पनि सम्बन्धित निकायले खानतलासी गरेको बताइएको छ।

पौडेल पार्टीको कार्यक्रमका सिलसिलामा सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्। घटनाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान जारी रहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.