भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने

चितवन, ०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ ।

रास्वपाको प्रथम महाधिवेशनमा देशभरबाट तीन हजार ९१८ प्रतिनिधि सहभागी हुने जनाइएको छ । जसमध्ये ३०० प्रतिनिधि मनोनयनमार्फत सहभागी हुनेछन् । महाधिवेशनका लागि देशभरका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरू चितवनमा भेला भइसकेका छन् । पार्टीका अनुसार हालसम्म ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ४ हजार ६३ वडामा अधिवेशन गरिएको छ । त्यसैगरी ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न भई प्रतिनिधि छनोटको प्रक्रिया पूरा भएको छ । मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधि सहभागी भएका छन् ।

पार्टी गठन भएको चार वर्षपछि पहिलो पटक हुन लागेको रास्वपाको प्रथम महाधिवेशन ले नयाँ नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तथा नीतिगत विषयमा छलफल गर्नेछ  । महाधिवेशनका लागि आवास, यातायात, सुरक्षा, स्वयंसेवक परिचालन तथा अन्य व्यवस्थापनका अधिकांश काम पूरा भइसकेको रास्वपाले जनाएको छ । पार्टीले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको थियो ।

महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधान संशोधन गर्ने निर्णयसमेत गरेको छ । संशोधित विधानअनुसार पार्टी संरचना पुनर्गठन गर्ने प्रस्ताव तयार गरिएको छ । महाधिवेशनमा राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधानसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिने जनाइएको छ ।

यसैबीच, चितवनमा रातभर परेको वर्षाका कारण महाधिवेशन स्थल जलमग्न भएको छ । चौरमा पानी जमेकाले कार्यक्रमअघि पानी निकाल्ने काम भइरहेको जनाइएको छ । 

रास्वपाले हाल पार्टी सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ ।पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य राखेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.