भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाडौं, ७ असार । राहदानी खरिदसम्बन्धी बहुचर्चित प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

विशेष अदालतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सम्पन्न गरी पेश गरेको मुद्दाको रुजु प्रक्रिया जारी रहेको छ र केही समयमै औपचारिक रूपमा दर्ता हुने अपेक्षा गरिएको छ।

यस प्रकरणमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति तथा २ कम्पनीलाई प्रतिवादी बनाइएको छ। प्रतिवादीमध्ये १० जना कर्मचारी, २ विदेशी कम्पनी, ४ विदेशी नागरिक तथा ती कम्पनीका २ नेपाली प्रतिनिधि रहेका छन्।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

यसैबीच, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई अनुसन्धानका क्रममा बयानका लागि बोलाइएको भए पनि हाल दर्ता हुन लागेको मुद्दामा उनको नाम प्रतिवादीका रूपमा समावेश गरिएको छैन।

 


Thali Mobile Pvt.Ltd.