भर्खरै : Sorry, your browser does not support inline SVG.

राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाडौं, ७ असार । राहदानी खरिदसम्बन्धी बहुचर्चित प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

विशेष अदालतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सम्पन्न गरी पेश गरेको मुद्दाको रुजु प्रक्रिया जारी रहेको छ र केही समयमै औपचारिक रूपमा दर्ता हुने अपेक्षा गरिएको छ।

यस प्रकरणमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति तथा २ कम्पनीलाई प्रतिवादी बनाइएको छ। प्रतिवादीमध्ये १० जना कर्मचारी, २ विदेशी कम्पनी, ४ विदेशी नागरिक तथा ती कम्पनीका २ नेपाली प्रतिनिधि रहेका छन्।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

यसैबीच, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई अनुसन्धानका क्रममा बयानका लागि बोलाइएको भए पनि हाल दर्ता हुन लागेको मुद्दामा उनको नाम प्रतिवादीका रूपमा समावेश गरिएको छैन।

 


Thali Mobile Pvt.Ltd.