भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने

भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने

एजेन्सी । दिल्लीको मुख्यमन्त्री को भन्ने चर्चा हुन थालेको छ । भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेपछि उक्त चर्चा हुन थालेको हो ।

मुख्यमन्त्रीको मुख्य प्रतिस्पर्धीमा प्रवेश वर्मालाई भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । वर्माले चुनावमा आम आद्मी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गरेका छन् ।

चुनावअघि वर्माले केजरीवालको चर्को विरोध गरेका थिए । यसअघि वर्मा सन् २०१३ मा महरौलीबाट चुनाव जितेर पहिलो पटक विधायक बनेका थिए । सन् २०१९ मा भएको लोकसभाको चुनावमा पश्चिम दिल्लीबाट पनि वर्माले जीत हासिल गरेका थिए ।

उनले सन् २०२४ मा भएको विधान सभा चुनावमा टिकट पाएकानन् भने अहिले दिल्ली विधानसभामा निर्वाचित भएका छन् ।

७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.