भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने

भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने

एजेन्सी । दिल्लीको मुख्यमन्त्री को भन्ने चर्चा हुन थालेको छ । भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेपछि उक्त चर्चा हुन थालेको हो ।

मुख्यमन्त्रीको मुख्य प्रतिस्पर्धीमा प्रवेश वर्मालाई भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । वर्माले चुनावमा आम आद्मी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गरेका छन् ।

चुनावअघि वर्माले केजरीवालको चर्को विरोध गरेका थिए । यसअघि वर्मा सन् २०१३ मा महरौलीबाट चुनाव जितेर पहिलो पटक विधायक बनेका थिए । सन् २०१९ मा भएको लोकसभाको चुनावमा पश्चिम दिल्लीबाट पनि वर्माले जीत हासिल गरेका थिए ।

उनले सन् २०२४ मा भएको विधान सभा चुनावमा टिकट पाएकानन् भने अहिले दिल्ली विधानसभामा निर्वाचित भएका छन् ।

७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.