भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगलागीका घटना बढेकाले सचेत रहन प्राधिकरणको आग्रह

आगलागीका घटना बढेकाले सचेत रहन प्राधिकरणको आग्रह

काठमाण्डौ । सुख्खायामसँगै पछिल्लो समय देशभर आगलागी र डढेलोका घटना बढेका छन् । शुक्रबार बिहानदेखि शनिबा बिहानसम्ममा देशभर १४ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ती घटनामा १८ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको प्राधिकरणले जनाएको छ । गएको पुष १ गतेपछि काठमाण्डौमा मात्रै आगलागीका ३४ वटा घटना भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागीका घटना बढेका भन्दै सचेत रहन आग्रह गरेको छ ।
सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । आगलागीबाट महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् ।

यसबाट १० करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । शनिबार सिंहदरबारमा रहेको खानेपानी मन्त्रीकै कार्यकक्षमासमेत आगलागी भएको र आगलागीबाट जोगिन र ध्यान दिन जिल्ला प्रहरी परिसर काठमाडौंले सबैमा अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.