भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

आगलागीका घटना बढेकाले सचेत रहन प्राधिकरणको आग्रह

आगलागीका घटना बढेकाले सचेत रहन प्राधिकरणको आग्रह

काठमाण्डौ । सुख्खायामसँगै पछिल्लो समय देशभर आगलागी र डढेलोका घटना बढेका छन् । शुक्रबार बिहानदेखि शनिबा बिहानसम्ममा देशभर १४ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ती घटनामा १८ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको प्राधिकरणले जनाएको छ । गएको पुष १ गतेपछि काठमाण्डौमा मात्रै आगलागीका ३४ वटा घटना भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागीका घटना बढेका भन्दै सचेत रहन आग्रह गरेको छ ।
सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । आगलागीबाट महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् ।

यसबाट १० करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । शनिबार सिंहदरबारमा रहेको खानेपानी मन्त्रीकै कार्यकक्षमासमेत आगलागी भएको र आगलागीबाट जोगिन र ध्यान दिन जिल्ला प्रहरी परिसर काठमाडौंले सबैमा अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.