भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, काभ्रे–सिन्धुली सडकखण्डमा सवारी रोक

बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, काभ्रे–सिन्धुली सडकखण्डमा सवारी रोक

काभ्रे, ६ बैशाख । वर्षासँगै आएको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध स्थित कटुञ्जे–रोशीको मङ्गलटार सडकखण्ड बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कटुञ्जे–मङ्गलटार खण्डका विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सन बाढीले बगाएपछि सवारी आवागमन रोकिएको हो । डाइभर्सन मर्मत कार्य सुरु गरिएको भए पनि यातायात सुचारु हुन केही समय लाग्ने सूचना अधिकारी डीएसपी रविन विष्ट ले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार लगातारको वर्षाले रोशी खोला मा पानीको बहाव बढेपछि यसअघि बनाइएका अस्थायी संरचना बगाएको हो । गत वर्ष आएको बाढीपहिरोले काभ्रेको रोशीदेखि सिन्धुलीको नेपालथोक क्षेत्रसम्म करिब १८ किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो । त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । यस्तै गत चैत महिनामा पनि सोही क्षेत्रमा करिब ४ किलोमिटर सडक पुनः बगाएपछि अस्थायी संरचना बनाइएको थियो ।

राजमार्ग अवरुद्ध भएसँगै सवारीसाधनलाई काभ्रेको धुलिखेल स्थित काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको छ । प्रहरीले सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अर्को सूचना जारी नभएसम्म उक्त खण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।

यसअघि असोज महिनाको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलामार्गमै अस्थायी सडक बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो । हाल स्थायी सडक निर्माण कार्य डिभिजन सडक कार्यालय भक्तपुर मार्फत अघि बढिरहेको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.