भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वीरगञ्जमा अतिक्रमण हटाउन डोजर अभियान, ५ स्थानमा सडक फराकिलो बनाइँदै

वीरगञ्जमा अतिक्रमण हटाउन डोजर अभियान, ५ स्थानमा सडक फराकिलो बनाइँदै

काठमाडौं, ६ बैशाख । डिभिजन सडक कार्यालय हेटौँडाले आइतबार बिहानैदेखि वीरगञ्ज क्षेत्रमा अतिक्रमित घरटहरा हटाउने अभियान सुरु गरेको छ ।

बिहान करिब ४:३० बजेदेखि सुरु गरिएको अभियानअन्तर्गत वीरगञ्जका गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक लगायत ५ स्थानमा एकैसाथ डोजर चलाइएको छ । सडक फराकिलो बनाउने उद्देश्यले करिब १० वटा डोजर प्रयोग गरिएको जनाइएको छ ।

यसअघि अदालतको फैसला भए पनि अतिक्रमित संरचना हटाउने काम रोकिएको थियो । तर यसपटक वीरगञ्ज महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को सहयोगमा संयुक्त रूपमा अभियान सञ्चालन गरिएको हो ।

अभियानका लागि करिब २,२०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सडक क्षेत्रको अतिक्रमण हटाउँदै यातायात सहज बनाउने र शहरी व्यवस्थापन सुधार गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको जनाइएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.