भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

वीरगञ्जमा अतिक्रमण हटाउन डोजर अभियान, ५ स्थानमा सडक फराकिलो बनाइँदै

वीरगञ्जमा अतिक्रमण हटाउन डोजर अभियान, ५ स्थानमा सडक फराकिलो बनाइँदै

काठमाडौं, ६ बैशाख । डिभिजन सडक कार्यालय हेटौँडाले आइतबार बिहानैदेखि वीरगञ्ज क्षेत्रमा अतिक्रमित घरटहरा हटाउने अभियान सुरु गरेको छ ।

बिहान करिब ४:३० बजेदेखि सुरु गरिएको अभियानअन्तर्गत वीरगञ्जका गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक लगायत ५ स्थानमा एकैसाथ डोजर चलाइएको छ । सडक फराकिलो बनाउने उद्देश्यले करिब १० वटा डोजर प्रयोग गरिएको जनाइएको छ ।

यसअघि अदालतको फैसला भए पनि अतिक्रमित संरचना हटाउने काम रोकिएको थियो । तर यसपटक वीरगञ्ज महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को सहयोगमा संयुक्त रूपमा अभियान सञ्चालन गरिएको हो ।

अभियानका लागि करिब २,२०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सडक क्षेत्रको अतिक्रमण हटाउँदै यातायात सहज बनाउने र शहरी व्यवस्थापन सुधार गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको जनाइएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.