भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शनिवार पनि अर्थ मन्त्रालयमा बजेट तयारीको चटारो

शनिवार पनि अर्थ मन्त्रालयमा बजेट तयारीको चटारो

काठमाडौं, १३ वैशाख  । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउने तयारीमा सरकार यतिबेला  व्यस्ततामा रहेको छ। सार्वजनिक बिदा भए पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहित मन्त्रालयका कर्मचारीहरू आज शनिबार पनि बजेट निर्माणकै काममा खटिएका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार, मन्त्रालयले विभिन्न क्षेत्रसँग नीति, कार्यक्रम र बजेट सम्बन्धी छलफलहरू तीव्र रूपमा अघि बढाएको छ। संसद्को बजेट अधिवेशन हिजोदेखि सुरु भइसकेको छ भने आगामी वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने र २८ गतेदेखि प्रि–बजेट छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सरकारले २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्ब रुपैयाँ निर्धारण गरेको छ। यस पटकको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना नसमावेश गर्ने नीति लिइएको छ। यसबाट बजेटलाई लक्ष्यमुखी र प्रभावकारी बनाउने सरकारको तयारी देखिन्छ।

अर्थ मन्त्रालयले बजेटमा समावेश गरिने कार्यक्रमहरूको प्राथमिकता निर्धारण गर्दै राष्ट्रिय आवश्यकताअनुसार स्रोतको परिचालन गर्ने कार्यलाई पनि तीव्रता दिएको छ।

 


Thali Mobile Pvt.Ltd.