भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारत–पाकिस्तान सीमामा दोस्रो दिन पनि गोली हानाहान, तनाव उत्कर्षमा

भारत–पाकिस्तान सीमामा दोस्रो दिन पनि गोली हानाहान, तनाव उत्कर्षमा

एजेन्सी । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा दोस्रो दिन पनि गोली हानाहान जारी रहेको छ। जम्मू–कश्मीरमा भएको आतङ्ककारी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानमाथि कडा प्रतिक्रिया जनाउँदै कारबाही थालेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार, हिजो बेलुका देखिको गोली हानाहान रातभरि जारी रहेको थियो। हालसम्म दुवै पक्षबाट मृतक वा घाइतेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। भारतले जम्मू–कश्मीरमा भएको आक्रमणको जिम्मेवारी लिएको द रेसिस्टेन्ट फ्रन्टलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाएको छ। पाकिस्तानले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ।

यसबीच, भारत–पाकिस्तानबीचको कूटनीतिक तनाव झनै चर्किएको छ। भारतले सिन्धु जल सम्झौता निलम्बन गरेपछि पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाश प्रयोग गर्न नदिने निर्णय गरेको छ। यस निर्णयले एयर इन्डिया र इन्डिगो जस्ता ठूला भारतीय एयरलाइन्स प्रभावित भएका छन्। लामो दूरीको उडानमा अब समय र लागत दुवै बढ्ने अनुमान गरिएको छ।

युद्ध जस्तो परिस्थितिमा पुग्न थालेको यस तनावप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै दुबै देशलाई संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.