भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भारत–पाकिस्तान सीमामा दोस्रो दिन पनि गोली हानाहान, तनाव उत्कर्षमा

भारत–पाकिस्तान सीमामा दोस्रो दिन पनि गोली हानाहान, तनाव उत्कर्षमा

एजेन्सी । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा दोस्रो दिन पनि गोली हानाहान जारी रहेको छ। जम्मू–कश्मीरमा भएको आतङ्ककारी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानमाथि कडा प्रतिक्रिया जनाउँदै कारबाही थालेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार, हिजो बेलुका देखिको गोली हानाहान रातभरि जारी रहेको थियो। हालसम्म दुवै पक्षबाट मृतक वा घाइतेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। भारतले जम्मू–कश्मीरमा भएको आक्रमणको जिम्मेवारी लिएको द रेसिस्टेन्ट फ्रन्टलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाएको छ। पाकिस्तानले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ।

यसबीच, भारत–पाकिस्तानबीचको कूटनीतिक तनाव झनै चर्किएको छ। भारतले सिन्धु जल सम्झौता निलम्बन गरेपछि पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाश प्रयोग गर्न नदिने निर्णय गरेको छ। यस निर्णयले एयर इन्डिया र इन्डिगो जस्ता ठूला भारतीय एयरलाइन्स प्रभावित भएका छन्। लामो दूरीको उडानमा अब समय र लागत दुवै बढ्ने अनुमान गरिएको छ।

युद्ध जस्तो परिस्थितिमा पुग्न थालेको यस तनावप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै दुबै देशलाई संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.