भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा

पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा

पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार रुपैयाँ घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार मुद्दा दायर गरेको हो।

उनी उजुरी फर्स्यौट तथा समन्वय शाखामा कार्यरत रहँदा सो कार्यमा संलग्न भएका थिए। अख्तियारका अनुसार उनले उजुरीसम्बन्धी प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए।

गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरिएको छ। अब उक्त प्रकरण अदालतबाट अगाडि बढ्नेछ।

 


Thali Mobile Pvt.Ltd.