भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन

कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन

काठमाडौँ । देशभरका शिक्षकहरू आन्दोलनरत रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरू विद्यालय छाडेर राजधानी केन्द्रित आन्दोलनमा रहे पनि बोर्डले परीक्षा सञ्चालन प्रक्रिया अगाडि बढाइसकेको छ।

बोर्डले परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति उपलब्ध नभएमा निजामती कर्मचारी र सुरक्षा निकायको सहयोगमा भए पनि परीक्षा गराउने नीति लिएको छ। हालको अवस्थामा प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूको सहयोग पाउने सम्भावना न्यून देखिए पनि बोर्डले परीक्षा स्थगित नगर्ने स्पष्ट पारेको छ।

शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५५ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। लामो समयदेखि पढाइ अवरुद्ध हुँदा विद्यार्थी, अभिभावक र सरोकारवाला निकायहरूमा गम्भीर चासो बढेको छ।

परीक्षा पूर्व तयारी नगरी परीक्षा सञ्चालन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठिरहेको छ। तर बोर्डले तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने स्पष्ट नीति लिएको छ।

शिक्षकहरूको आन्दोलन उत्कर्षमा पुगेका बेला यस्तो निर्णय आउँदा त्यसको कार्यान्वयनमा चुनौती थपिएको छ। यद्यपि, परीक्षा अगाडि बढाउने तयारी भने सरकारी पक्षबाट द्रुत गतिमा भइरहेको देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.