भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा

केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा

काठमाडौं, ४ जेठ । केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङलाई प्रहरीले काठमाडौंको असनस्थित बाँगेमुढाबाट पक्राउ गरेको छ। उनलाई आइतबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

अपहरण, हत्या तथा डकैती मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएकी २५ वर्षीया तामाङ शुक्रबार केन्द्रीय कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्। उनी फरार भएको घटना करिब १२ घण्टापछि मात्रै जेल प्रशासनलाई थाहा भएको बताइएको छ।

घटनापछि कारागार प्रशासनले जेल सुरक्षा कमजोरीबारे अनुसन्धान गर्न छानबिन समिति समेत गठन गरेको छ। तामाङलाई भगाउन सहयोग गरेको आरोपमा भोजपुर घर भएका २६ वर्षीय साजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ र तामाङबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रहरी स्रोतका अनुसार श्रेष्ठकी आमा यसअघि केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेकी थिइन्। आमालाई भेट्न आउने क्रममा श्रेष्ठ र तामाङबीच चिनजान भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको खुलेको छ।

प्रहरीका अनुसार उनीहरूले पूर्वयोजनाअनुसार कारागारबाट भाग्ने योजना बनाएका थिए। तामाङ पर्खाल नाघेर बाहिरिएपछि श्रेष्ठले मोटरसाइकलमा राखेर फरार गराएको अनुसन्धानबाट खुलेको छ।

 


Thali Mobile Pvt.Ltd.