भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा

केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा

काठमाडौं, ४ जेठ । केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङलाई प्रहरीले काठमाडौंको असनस्थित बाँगेमुढाबाट पक्राउ गरेको छ। उनलाई आइतबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

अपहरण, हत्या तथा डकैती मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएकी २५ वर्षीया तामाङ शुक्रबार केन्द्रीय कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्। उनी फरार भएको घटना करिब १२ घण्टापछि मात्रै जेल प्रशासनलाई थाहा भएको बताइएको छ।

घटनापछि कारागार प्रशासनले जेल सुरक्षा कमजोरीबारे अनुसन्धान गर्न छानबिन समिति समेत गठन गरेको छ। तामाङलाई भगाउन सहयोग गरेको आरोपमा भोजपुर घर भएका २६ वर्षीय साजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ र तामाङबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रहरी स्रोतका अनुसार श्रेष्ठकी आमा यसअघि केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेकी थिइन्। आमालाई भेट्न आउने क्रममा श्रेष्ठ र तामाङबीच चिनजान भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको खुलेको छ।

प्रहरीका अनुसार उनीहरूले पूर्वयोजनाअनुसार कारागारबाट भाग्ने योजना बनाएका थिए। तामाङ पर्खाल नाघेर बाहिरिएपछि श्रेष्ठले मोटरसाइकलमा राखेर फरार गराएको अनुसन्धानबाट खुलेको छ।

 


Thali Mobile Pvt.Ltd.