भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद

काठमाण्डौ, ४ जेठ । खोटाङको सुनकोशी नदीमा पानीको बहाव बढेसँगै खोटाङ र पूर्वी तराईलाई जोड्ने फोक्सिङटार र बङ्शिलाघाटका अस्थायी बेलिब्रिज हटाइएपछि सीधा यातायात सम्पर्क टुटेको छ । वर्षायाम शुरु भएसँगै जोखिम बढेपछि दुवै ठाउँका बेलिब्रिज निकाल्दा स्थानीयवासी समस्यामा परेका छन् ।

फोक्सिङटार र बङ्शिलाघाटमा स्थायी मोटरेबल पुल नहुँदा हिउँदमा मात्र बेलिब्रिज जडान गर्ने र वर्षामा हटाउने व्यवस्था रहँदै आएको छ । अहिले बेलिब्रिज हटाइएपछि स्थानीयले पुनः झोलुङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यता आएको छ ।

बङ्शिलाघाटमा पहिलोपटक जडान गरिएको बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको थियो । तर, अहिले संरचना हटाइएपछि यात्रामा घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् ।

फोक्सिङटारमा गएको वर्ष बाढीले मोटरेबल पक्की पुल बगाएपछि अस्थायी बेलिब्रिजको सहारामा यातायात सञ्चालन हुँदै आएको थियो । अहिले यो बेलिब्रिज पनि हटाइएपछि दिक्तेल–गाईघाट सडकखण्ड पूर्ण रूपमा प्रभावित भएको छ । स्थानीयले दैनिक उपभोग्य वस्तुको ढुवानी महँगो हुने र यात्रामा समय तथा खर्च दुवै बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अनुसार वैकल्पिक मार्ग प्रयोग गर्दा यातायात लागत बढेर उपभोक्तामा प्रत्यक्ष असर पर्नेछ । यता, दुवै ठाउँमा स्थायी मोटरेबल पुल निर्माणका लागि बजेट सुनिश्चित भए पनि काम ढिलाइ भइरहेको स्थानीयले आरोप लगाएका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा दीर्घकालीन समाधान नहुँदासम्म खोटाङवासीको समस्या यथावत रहने देखिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.