भर्खरै : Sorry, your browser does not support inline SVG.
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद | केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा |

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद

काठमाण्डौ, ४ जेठ । खोटाङको सुनकोशी नदीमा पानीको बहाव बढेसँगै खोटाङ र पूर्वी तराईलाई जोड्ने फोक्सिङटार र बङ्शिलाघाटका अस्थायी बेलिब्रिज हटाइएपछि सीधा यातायात सम्पर्क टुटेको छ । वर्षायाम शुरु भएसँगै जोखिम बढेपछि दुवै ठाउँका बेलिब्रिज निकाल्दा स्थानीयवासी समस्यामा परेका छन् ।

फोक्सिङटार र बङ्शिलाघाटमा स्थायी मोटरेबल पुल नहुँदा हिउँदमा मात्र बेलिब्रिज जडान गर्ने र वर्षामा हटाउने व्यवस्था रहँदै आएको छ । अहिले बेलिब्रिज हटाइएपछि स्थानीयले पुनः झोलुङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यता आएको छ ।

बङ्शिलाघाटमा पहिलोपटक जडान गरिएको बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको थियो । तर, अहिले संरचना हटाइएपछि यात्रामा घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् ।

फोक्सिङटारमा गएको वर्ष बाढीले मोटरेबल पक्की पुल बगाएपछि अस्थायी बेलिब्रिजको सहारामा यातायात सञ्चालन हुँदै आएको थियो । अहिले यो बेलिब्रिज पनि हटाइएपछि दिक्तेल–गाईघाट सडकखण्ड पूर्ण रूपमा प्रभावित भएको छ । स्थानीयले दैनिक उपभोग्य वस्तुको ढुवानी महँगो हुने र यात्रामा समय तथा खर्च दुवै बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अनुसार वैकल्पिक मार्ग प्रयोग गर्दा यातायात लागत बढेर उपभोक्तामा प्रत्यक्ष असर पर्नेछ । यता, दुवै ठाउँमा स्थायी मोटरेबल पुल निर्माणका लागि बजेट सुनिश्चित भए पनि काम ढिलाइ भइरहेको स्थानीयले आरोप लगाएका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा दीर्घकालीन समाधान नहुँदासम्म खोटाङवासीको समस्या यथावत रहने देखिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.